Techie IT
२०८३ असार २८, आइतबार

राजदूत फिर्ता बोलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर


सर्वोच्च अदालतमा सरकारले ११ जना राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध रिट दायर भएको छ।

आइतबार सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर भएको सहरजिस्ट्रर तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्को बैठकले असोज ३० गते ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। निर्णयअनुसार, चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइने तय भएको थियो।

सरकारले उनीहरूलाई कात्तिक २० गतेभित्र स्वदेश फर्किन समय दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट