Techie IT
२०८२ पौष ४, शुक्रबार

३ करोड ७४ लाख धरौटी बुझाएर रवि रिहा

कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाए


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत तुलसीपुरको इजलासको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनी शुक्रबार साँझ रुपन्देही जिल्ला कारागारबाट मुक्त भएका हुन्।

लामिछाने काठमाडौंबाट भरतपुरसम्म हवाईमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे भैरहवा पुगेका थिए। सुरुमा उनलाई रुपन्देही कारागारमा राखिएको भए पनि पछि उनको अनुरोधमा ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको थियो।

३ करोड ७४ लाख ८४ हजार धरौटी
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार केही शर्तसहित बैंक जमानत र धरौटी रकम बुझाएपछि लामिछानेलाई रिहा गरिएको हो। उनले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका छन्।

उक्त रकममध्ये दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको बैंक ग्यारेन्टी तथा एक करोड रुपैयाँ जिल्ला अदालतको अघिल्लो आदेशअनुसारको धरौटी रकम रहेको अदालतले जनाएको छ। लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो।

यसअघि माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई पुर्पक्षका लागि एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सो आदेशअनुसारको धरौटी रकम समेत अब बुझाइएको अदालतले स्पष्ट पारेको छ । 

लामिछाने भैरहवा कारागार आइपुग्दा र रिहा भएपछि रास्वपाका नेता–कार्यकर्ता तथा समर्थकहरूले नाराबाजी गर्दै खुसीयाली मनाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट