Techie IT
२०८३ जेष्ठ २, शनिबार

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ


जाजरकोट प्रहरीले अवैध रूपमा भरुवा बन्दुक बोकेर सिकार खेल्न गएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान करिब ९ बजे बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएका थिए। सो क्रममा प्रचण्डदेव सिंहको मृत्यु भएपछि घटनामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थल नजिकै खाल्डोमा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुकसहितका हातहतियार फेला पारेको जनाएको छ। त्यसपछि बारेकोट गाउँपालिका-८ निवासी ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामका चक्कु, १३५.१८ ग्राम बारुद तथा भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट