Techie IT
२०८२ पौष ३०, बुधबार

धरानमा घरभित्रै खुकुरी प्रहार: ३५ वर्षीय राईको हत्या, आफन्त पक्राउ


धरानमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।

धरान उपमहानगरपालिका–११, पुण्यमार्गमा बस्दै आएका ३५ वर्षीय रूपक राईको मंगलबार साँझ आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका अनुसार मृतकको टाउकोमा पटक–पटक धारिलो हतियार प्रहार गरिएको पाइएको छ। गम्भीर चोटका कारण राईको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

घटनास्थलको मुचुल्का उठाइसकेपछि शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको छ।

घटनाको अनुसन्धानका क्रममा मृतकसँगै सोही घरमा बस्दै आएका मामाका छोरा ३३ वर्षीय रविन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनी शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको डीएसपी राईले बताए।

हाल रविन राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी सोधपुछ भइरहेको छ। प्रहरीले भने घटनाको स्पष्ट कारण अझै खुलिनसकेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट