Techie IT
२०८२ माघ १२, सोमबार

बसपार्कमा खैरो हेरोइनसहित एक युवक पक्राउ


सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–५ निवासी २५ वर्षीय संगम आचार्यलाई आइतबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आचार्यको साथबाट १ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय भिमान तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले इटहरीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ८८६० नम्बरको गाडी जाँच गर्ने क्रममा सोही गाडीमा सवार आचार्यलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट