पिंगलास्थानबाट चोरीको मोटरसाइकलसहित सेढाईं पक्राउ
ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको पिंगलास्थानबाट नियन्त्रणमा लिएको छ। काभ्रेको तेमाल गाउँपालिका घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका ४१ वर्षीय बुद्धबहादुर सेढाईंलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पिंगलास्थित एक पार्किङस्थलबाट बा ६६ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको हो।
उक्त मोटरसाइकल पर्साको छिपहरमाई गाउँपालिका–४ का नागेश्वर साह कानुले हराएको भन्दै खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
पक्राउ परेका सेढाईंलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस