Techie IT
२०८३ भाद्र ११, बिहीबार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ


वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय कृष्णजी थापा, ललितपुरका ३० वर्षीय विवेक भुजेल तथा सप्तरी घर भई काठमाडौँ बस्दै आएका २२ वर्षीय अनिल कुमार साह छन्।

उनीहरूलाई सोमबार र मंगलबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिएका छन्।

पक्राउ परेका थापाले युएई पठाइदिन्छु भन्दै ६ लाख ३० हजार रुपैयाँ, भुजेलले ३ लाख ५० हजार रुपैयाँ र साहले क्यानडा पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगेको उजुरी परेको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट