Techie IT
२०८२ चैत्र १४, शनिबार

संसद् पुनःस्थापनाबारे पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च अदालत


सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिटहरूमा पेसी तोकिएको भन्ने हल्लाको खण्डन गरेको छ। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले हालसम्म संसद् विघटनविरुद्धका मुद्दामा कुनै पनि पेसी नतोकिएको स्पष्ट पारेका छन्।

उनले भने, ‘संसद् विघटनविरुद्ध दायर रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइन माध्यममा प्रकाशित समाचार सही होइनन्। सो दिन साधारण तारेख मात्र हो।’

सर्वोच्च अदालतमा संसद् पुनःस्थापनासम्बन्धी १७ वटा रिट विचाराधीन अवस्थामा छन्। तीमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले पनि छुट्टाछुट्टै रिट दायर गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट