Techie IT
२०८२ माघ २१, बुधबार

ललितपुरबाट पेस्तोलसहित तीन जना पक्राउ


सशस्त्र प्रहरी बलले मंगलबार ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिकाका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षीय सुशील स्याङ्तान तथा सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राईलाई पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट