Techie IT
२०८३ वैशाख ३१, बिहीबार

फेरी किन पक्राउ परे चाल्नाखेलबाट दुर्गा प्रसाईं?


मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसरका एक अधिकृतले पक्राउ गरिएको पुष्टि गरे पनि उनीमाथि लगाइएका अभियोगबारे तत्काल खुलाएका छैनन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौँ ल्याएको थियो।

प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको दाबी सार्वजनिक रूपमा गरेका थिए। सो विषयमा अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट