Techie IT
२०८३ भाद्र ११, बिहीबार

बालेन शाहको घरमा चोरी: तीन जना पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ–१६ बालाजु हाईट घर भई बासवारी बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ पड्कु घर भई हाल काठमाडौँ–३१ गैरिगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङको धुनिबेशी नगरपालिका–७ खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट