Techie IT
२०८२ चैत्र १४, शनिबार

हाजिर जमानीमा रिहा हुँदै दुर्गा प्रसाईं


दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले रिहाइ प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

साइबर ब्युरोका एक अधिकृतका अनुसार प्रसाईंलाई रिहा गर्ने तयारी भइरहेको छ। उनलाई गत शुक्रबार चाल्नाखेल क्षेत्रबाट पक्राउ गरिएको थियो। प्रहरीले उनीमाथि निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो।

प्रसाईं यसअघि पनि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यसको भोलिपल्ट माघ ६ गते उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट