Techie IT
२०८२ फागुन ४, सोमबार

जेन–जी आन्दोलनमा फरार कैदी ७ जना पक्राउ


‘जेन–जी आन्दोलन’को अवसर छोपेर विभिन्न कारागारबाट फरार भएका ७ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी कार्यालयले विशेष खोजतलास अभियान सञ्चालन गरी उनीहरूलाई आइतबार पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई सम्बन्धित कारागार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको विवरण यसप्रकार छः
१. तेन्जिङ बहादुर तामाङ (४१) – स्थायी ठेगाना उत्तरगया गाउँपालिका–१, रसुवा; हाल गोकर्णेश्वर नगरपालिका–६, बन्चरेटार चोक, काठमाडौं बसोबास। (डाँका चोरी मुद्दा)

२. प्रितम गुरुङ (२०) – स्थायी ठेगाना दूधपोखरी गाउँपालिका–४, लमजुङ; हाल कलंकी, काठमाडौं बसोबास। (चोरी मुद्दा)

३. बविता तामाङ (२३) – स्थायी ठेगाना पुनर्वास नगरपालिका, कञ्चनपुर; हाल सुन्धारा, काठमाडौं बसोबास। (मानव बेचबिखन तथा ओसारपसार मुद्दा)

४. विक्रम नेपाली (२२) – स्थायी ठेगाना ठाँटी चापखोरी, काभ्रेपलाञ्चोक। (नकबजनी चोरी मुद्दा)

५. भुवन तामाङ (२७) – स्थायी ठेगाना मेलुङ गाउँपालिका–२, दोलखा। (लागुऔषध मुद्दा)

६. अनिस मगर (२०) – स्थायी ठेगाना फिक्कल गाउँपालिका–३, सिन्धुली। (ज्यान मार्ने उद्योग मुद्दा)

७. रोसन साह (२६) – स्थायी ठेगाना भारत। (लागुऔषध मुद्दा)

प्रहरीका अनुसार आन्दोलन र भीडभाडको मौका छोपेर लुकेर बसेका फरार कैदीहरूलाई लक्षित गरेर विशेष निगरानी बढाइएको थियो। पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट