Techie IT
२०८३ असार १९, शुक्रबार

विदेश पठाउने नाममा ३८ लाख ठगी, दुई जना पक्राउ


काठमाडौंमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ग्रीस र स्पेन पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं नागार्जुन नगरपालिका–३ बस्ने काभ्रेको रोशी गाउँपालिका–६ घर भएका ३८ वर्षीय रकमबहादुर लोप्चन तामाङ र काठमाडौं महानगरपालिका–३१ बस्ने सिराहा मिर्चैया नगरपालिका–३ घर भएका २२ वर्षीय लक्ष्मणकुमार यादवलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रकमबहादुरले ‘ग्रीस पठाइदिन्छु’ भन्दै ३ जना पीडितबाट २५ लाख रुपैयाँ ठगी गरेका थिए भने लक्ष्मणकुमारले ‘स्पेन पठाइदिन्छु’ भन्दै ५ जना पीडितबाट १३ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले रकमबहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट र लक्ष्मणकुमारलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट