Techie IT
२०८२ चैत्र १३, शुक्रबार

फरार अभियुक्तमाथि रौतहट प्रहरीको एक्सन: कैद–जरिवाना सहित ९ जना एकैदिन पक्राउ


रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियानलाई तीव्र बनाउँदै लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले कैद तथा जरिवाना सजाय तोकिएका ७ जना र चालु मुद्दाका २ जना प्रतिवादीलाई बिहीबार नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा मेघु राय यादव (किर्ते जालसाजी) मुद्दामा १ हजार रुपैयाँ जरिवाना, अनुकूल गुप्ता (चोरी) मा १ हजार रुपैयाँ, विजय चौधरी (जुवा) मा २ हजार रुपैयाँ, कल्पना चौधरी (नाताकायम) मा १ हजार २५० रुपैयाँ र सुकुन्ती देवी (गाली बेइज्जती) मा २५ रुपैयाँ जरिवाना तोकिएका थिए।

यस्तै, जलसी देवी कुर्मी (देहानी) मुद्दामा ३०० रुपैयाँ जरिवाना र प्रेम यादव (अपराधिक उपद्रव) मुद्दामा २ वर्ष कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।

चालु मुद्दातर्फ हदयलाल राय यादव (ज्यान मार्ने उद्योग) र नरेन्द्र राय यादव (मिटर ब्याज) सम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पेश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट