Techie IT
२०८२ चैत्र २०, शुक्रबार

‘जेनजी’ आन्दोलनमा हिरासतबाट फरार दुई प्रतिवादी पुनः पक्राउ


मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका बेला २०८० भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनीहरू फरार भएका थिए।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको विशेष प्रहरी टोलीले चैत १९ गते आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सिर्जित तनावपूर्ण अवस्थाको फाइदा उठाउँदै उनीहरू हिरासतबाट फरार भएका थिए।

हाल दुवैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट