Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

त्रिभुवन विमानस्थलमा ठगी धन्दा: यात्रु हैरानी पार्ने १८ जना पक्राउ


काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेकाहरूले यात्रुलाई आफूले चिनेका होटलमा लैजाने, जबर्जस्ती सेवा लिन बाध्य पार्ने तथा होटल र यात्रुबाट कमिसन असुल्ने काम गर्दै आएका थिए।

प्रहरीका अनुसार तीमध्ये १० जना यात्रुसँग प्रत्यक्ष रूपमा कमिसन असुल्ने र दुर्व्यवहारमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा संगठित रूपमा यस्तो गतिविधि बढ्दै गएपछि प्रहरीले विशेष निगरानीसहित कारबाही अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट