Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

सर्लाहीमा स्रोत नखुलेको ८ लाखसहित दुई जना पक्राउ


सर्लाहीमा प्रहरीले स्रोत नखुलेको नगद ८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले ब्रहम्पुरी गाउँपालिका–४ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

केन्द्रीय प्रहरी समाचारकक्ष का अनुसार पक्राउ पर्नेहरू चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट