Techie IT
२०८३ भाद्र ११, बिहीबार

रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ साना हातहतियार ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच कडा बनाएको थियो।

प्रहरीका अनुसार राति करिब ९:३० बजे बौद्धिमाई नगरपालिका–७ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मोतिहारी घर भएका २० वर्षीय सुरजकुमार दास शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो। तलासीका क्रममा उनको शरीरमा लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, दासको साथबाट मोबाइल फोन समेत बरामद गरिएको छ। पक्राउ परेका दासमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट