साँखुमा लागूऔषध प्रयोगकर्तासँग मुठभेड, प्रहरीले जवाफी फायर
साँखु मा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
शुक्रबार लागूऔषध नियन्त्रण ब्युरो को टोलीमाथि लागूऔषध प्रयोगकर्ताले नै गोली चलाएपछि प्रहरीले जवाफी कारबाहीस्वरूप गोली चलाएको हो। घटनाका क्रममा एक जना लागूऔषध प्रयोगकर्ता घाइते भएको पुष्टि भएको छ, तर उनको अवस्था र पहिचानबारे थप विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस