Techie IT
२०८३ असार ८, सोमबार

ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने ५ जना पक्राउ


कपिलवस्तुको चन्द्रौटामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गत वैशाख १९ गते राति शिवराज नगरपालिका–५ स्थित चन्द्रौटा–कृष्णनगर सडक खण्डमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका उनीहरूलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले होटल प्याराडाइज अगाडि उनीहरूलाई फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका निवासी २६ वर्षीया अन्जना तामाङ, प्युठान नगरपालिकाकी २० वर्षीया वर्षा सुनार र कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ वर्षीय मनोज गुप्ता रहेका छन्।

त्यसैगरी शिवराज नगरपालिकाका २७ वर्षीय दीपेन्द्र कुमार चौधरी र भारतको सिद्धार्थनगर जिल्लाका २८ वर्षीय रन्जित चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार उनीहरूले रातिको समयमा ड्युटीमा रहेका महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरेका थिए भने गालीगलौज गर्दै प्रहरीको काममा अवरोध पुर्‍याएका थिए।

प्रहरीले सम्झाउने प्रयास गर्दा उल्टै होहल्ला गर्दै अशान्ति मच्चाएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो। 

पक्राउ परेका पाँचै जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई थुनामा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट