Techie IT
२०८३ वैशाख २३, बुधबार

ब्रतबन्धमा भएको विवादले लियो युवकको ज्यान: हत्या आरोपमा ६ जना पक्राउ


बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय दीपेन्द्रराज गिरी, २० वर्षीय बिबीएस कुँवर, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ का १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेका छन्।

घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार घटनास्थलबाट एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नम्बरको एनएस २०० मोटरसाइकल तथा सिसाका बोतलहरू बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा भइरहेको ब्रतबन्ध कार्यक्रममा सहभागीहरूबीच सामान्य विवाद चर्किँदा घटना भएको हो। विवादका क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द्र ठकुरीबीच झगडा उग्र बनेपछि खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीमाथि धारिलो हतियार प्रहार गरिएको थियो।

गम्भीर घाइते ठकुरीलाई उपचारका लागि स्थानीय अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट