Techie IT
२०८३ जेष्ठ २०, बुधबार

महोत्तरीमा डाँका समूहको गोलीबाट दुई जना रगताम्मे, प्रहरीद्वारा अनुसन्धान तीव्र


महोत्तरीमा डाँका चोरीमा संलग्न हतियारधारी समूहको गोली प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। मंगलबार मध्यराति सोनमा गाउँपालिका–३ खखनास्थित रामविश्वास यादवको घरमा डाँकाचोरी गर्ने क्रममा उक्त घटना भएको हो।

लुटपाटको प्रतिकार गर्न खोज्दा डाँका समूहले चलाएको गोली लागेर रामविश्वासका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना लगतै डाँका समूह फरार भएकाले उनीहरूको खोजी कार्य र अनुसन्धानलाई तीव्र पारिएको छ।

हतियारसहित आएको अज्ञात डाँका समूहले घरबाट के–कति धनमाल लुटेर लग्यो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट