Techie IT
२०८३ जेष्ठ ३०, शनिबार

सेफ सन्तोष साह धनुषाबाट पक्राउ


बहुचर्चित 'बीबीसी मास्टरसेफ प्रोफेसनल्स' का उपविजेता सेफ सन्तोष साह बैंकिङ कसुर (चेक अनादर) र ठगीको गम्भीर आरोपमा पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले साहलाई गएराति धनुषाको जनकपुरस्थित 'मिथिला थाली' रामानन्द चोकबाट नियन्त्रणमा लिएको हो। काठमाडौँमा सञ्चालित रेस्टुरेन्ट खरिद गर्दा उनले दिएको चेक अनादर (बाउन्स) भएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो। 

जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी अनुमति लिएरै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साहलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट