Techie IT
२०८३ असार १, सोमबार

बङ्गुरलाई चारो किन्न नक्कली नोटको प्रयोग, ५०० का नोटसहित महिला पक्राउ


कपिलवस्तुको शिवराज नगरपालिकाबाट नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन्। शिवराज नगरपालिका वडा नं. २ हल्लानगर बस्ने ४८ वर्षीया महिलालाई प्रहरीले रीतपूर्वक नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गत जेठ २९ गते साँझ ती महिला शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा रहेको एक चिउरा उद्योगमा पुगेकी थिइन्। बङ्गुरलाई खुवाउनका लागि चिउराको धुलो खरिद गरेकी उनले उद्योगको काउन्टरमा रकम भुक्तानी गरिन्।

तर, उनले दिएको नोटको बनोट र कागजमा उद्योगधनीले शङ्का माने। तत्कालै उद्योगधनीले नोट नक्कली भएको आशङ्का गरी प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली घटनास्थल पुगेको थियो।

एउटै नम्बरका ५०० का नोट
प्रहरी टोलीले उद्योगमा पुगेर ती महिलालाई तत्कालै नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। जाँचका क्रममा ती महिलाले काउन्टरमा दिएको एउटै नम्बर भएका ५०० रुपैयाँ दरका १९ थान नेपाली नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले जम्मा ९ हजार ५०० रुपैयाँ बराबरको उक्त नक्कली मुद्रा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेकी महिलाविरुद्ध 'खोटा चलन मुद्रा सम्बन्धी कसुर' मा मुद्दा दर्ता गरिएको छ।

घटनाको थप अनुसन्धान र नक्कली नोटको स्रोतबारे खोजी गर्न कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। अहिले आरोपी महिलालाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट