Techie IT
२०८३ असार ७, आइतबार

सुनसरीमा २१ ग्राम ब्राउन सुगरसहित सासू-बुहारी पक्राउ


सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित सासू र बुहारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीको टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरबाटै लागूऔषधको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले खानतलासी गर्ने क्रममा सासू सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखिएको अवस्थामा २१.५० ग्राम ब्राउन सुगर फेला पारेको हो ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको डीएसपी खड्काले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट