किरात मन्दिरमा मध्यरातमा चोरी गर्ने गिरोह स्कुटरसहित पक्राउ
मोरङको कानेपोखरीस्थित सावायेहाङ किरात महिम मन्दिरमा चोरी गरेको अभियोगमा प्रहरीले तीन जनालाई रंगेहात पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त मन्दिरको ताला फुटाएर बहुमूल्य धार्मिक सामग्री चोरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका वडा नं. ७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन् ।
गएको साउन १ गते राति ११ बजे कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले शंकास्पद अवस्थामा गुडिरहेको को ३४ प ५७७९ नम्बरको स्कुटरलाई रोकेको थियो । स्कुटरमा सवार तीनै जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा खानतलासी गर्दा उनीहरूको साथबाट चोरीका सामानहरू फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त सामग्री किरात मन्दिरबाटै चोरी गरेको स्वीकार गरिसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस