सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
इलामको रोङ गाउँपालिका-५, देवनथापस्थित सडकमा देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१-०४-००१ त १२३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना भएको छ। दुर्घटनामा परी ट्याक्टर चालक झापाको मेचीनगर नगरपालिका-५, नकलबन्दा बस्ने ४० वर्षीय अमित धिमालको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री, काभ्रे घर भएका ५८ वर्षीय चन्द्रबहादुर दोङको मंगलबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस