मोटरसाइकल चोरी गरी फरार रहेका दावा पक्राउ
मोटरसाइकल चोरीमा संलग्न रही लामो समयदेखि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धादिङको गजुरी गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने २१ वर्षीय दावा तामाङ आइतबार पक्राउ परेका हुन्।
नागार्जुन नगरपालिका-९ स्युचाटारस्थित पार्किङ गरिराखेको बा.प्र.०२-०२२ प ३०९७ नम्बरको मोटरसाइकल गत २०८१ साल कात्तिक २९ गते चोरी गरी फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१४ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त, कालिमाटी पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस