९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५०० ग्राम चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले मंगलबार भारत घर बताउने अन्दाजी २० वर्षीय सन्दीप चौधरीलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो। जाँचका क्रममा मोटरसाइकलको तेल ट्यांकीभित्र विशेष किसिमको 'फल्स बटम' (फल्सिङ) बनाई लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २१ वटा पोकामा रहेको चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चौधरीलाई बरामद गरिएको चरेश र प्रयोग गरिएको मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस