बानेश्वरबाट सुनका गरगहना चोरीमा संलग्न युवक पक्राउ
काठमाडौंको बानेश्वर क्षेत्रमा सुनका गरगहना चोरी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। रामेछाप नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २३ वर्षीय दिपेश मग्रान्तीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–१० स्थित एक घरबाट सोमबार बिहान सुनका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसमेतबाट खटिएको प्रहरी टोलीले उनलाई बानेश्वरबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मग्रान्तीको साथबाट प्रहरीले चोरी भएका करिब १ सय ३८ ग्राम ६ सय १० मिलिग्राम तौल बराबरका विभिन्न सुनका गरगहना समेत सकुशल बरामद गरेको छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई प्रहरी वृत्त बानेश्वर पठाइएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस