एन्फाका कोषाध्यक्ष र लेखापाल कार्यालयबाटै पक्राउ
अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई आर्थिक अनियमितताको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।
कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो। एन्फाभित्र आर्थिक अपचलन तथा अनियमितता भएको उजुरी र शंकाका आधारमा सीआईबीले अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ।
शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा कार्यालयमै पुगेर सीआईबीको टोलीले घटनासँग सम्बन्धित महत्वपूर्ण कागजात, कम्प्युटर र मोबाइल फोनहरू समेत बरामद गरेको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई लाजिम्पाटस्थित सीआईबीको कार्यालयमा राखिएको छ। हाल उनीहरूमाथि प्रारम्भिक सोधपुछ भइरहेको र आवश्यकताअनुसार हिरासतमा राखेर विस्तृत अनुसन्धान अगाडि बढाइने सीआईबीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस