Techie IT
२०८३ असोज १९, सोमबार

सरकारी बोलपत्र प्रणाली ह्याक गर्ने ८ ठेकेदार कानुनी फन्दामा


सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ ह्याक गरी ठेक्काका विवरण हेरफेर गरेको गम्भीर आरोपमा पक्राउ परेका आठजना निर्माण व्यवसायीमाथि प्रहरीले म्याद थप गरी औपचारिक अनुसन्धान सुरु गरेको छ।

शुक्रबार पक्राउ परेका ती व्यवसायीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान अगाडि बढाइएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताएका छन् ।

प्रहरीले उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा म्याद लिएको छ। इ–बिडिङ (अनलाइन बोलपत्र) प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ठेक्काका संवेदनशील विवरण हेरफेर गरेको अभियोगमा भक्तबहादुर लामा, विष्णुमान लामा, किरण मल्ल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, ऋतबहादुर कार्की, स्वदेश पोखरेल र गंगाबहादुर सिलवाल पक्राउ परेका छन्।

यसअघि गत वैशाखमा पनि यस्तै प्रकारको कसुरमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध अनुसन्धान गरी मुद्दा चलाइएको थियो। डिजिटल प्रणालीमा गरिएको यो संगठित लापर्बाही तथा ह्याकिङ प्रकरणको दोस्रो चरण अन्तर्गत हाल थप निर्माण व्यवसायीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट