Techie IT
२०८३ कार्तिक २९, शनिबार

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त


राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

न्याय परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले उनीहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन (स्वीकृत) गरेको थियो। संसदीय सुनुवाइको प्रक्रिया पूरा भएसँगै राष्ट्रपतिबाट नियुक्ति भएको हो। चार जना न्यायाधीश थपिएसँगै सर्वोच्च अदालतमा मुद्दा फस्र्योटमा सहजता आउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट