Techie IT
२०८२ जेष्ठ २, शुक्रबार

डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट दरपिठ, गभर्नर बन्ने बाटो खुला


सर्वोच्च अदालतले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने प्रक्रियाविरुद्ध दायर गरिएको रिट दरपिठ गरेको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले पेश गरेको उक्त रिट आज सर्वोच्च प्रशासनले दरपिठ गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिटमा पौडेललाई गभर्नर सिफारिस समितिबाट नियुक्तिका लागि औपचारिक सिफारिस नभएको, पत्रपत्रिकामा प्रकाशित समाचारको भरमा अनिश्चित दावी सहित निवेदन पेश गरिएको, र सामूहिक हक अधिकारमा ठोस असर परेको भन्ने स्पष्ट नभएको जस्ता कारण देखाउँदै दरपिठ गरिएको हो ।

यसअघि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. पौडेललाई गभर्नर बनाउने विषयमा सहमति जुटेको भन्ने समाचार सार्वजनिक भएका थिए । सोही चर्चाबीच पौडेलले आफू सदस्य रहेको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिट दरपिठ गरेपछि, कानुनी रूपमा उनको नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला भएको देखिन्छ । रिटमा गभर्नर नियुक्तिमा राजनीतिक प्रभाव परेको र राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) विपरीत राजनीतिक दलको सदस्यलाई नियुक्त गर्न लागिएको दाबी गरिएको थियो । तर, सर्वोच्च अदालतले रिटमा पर्याप्त प्रमाण नदेखिएको भन्दै दरपिठ गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट