Techie IT
२०८२ जेष्ठ ३, शनिबार

वाटरल्यान्ड पार्कमा विद्यार्थीद्वारा तोडफोड, १० जना पक्राउ


फोटोः सामाजिक संजाल

 करीब डेढ महिना अगाडि मात्र सञ्चालनमा आएको धनुषाको जिल्लाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा कक्षा १२ का परीक्षार्थीहरूले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरी १० जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

आज दिउँसो विशेष छुटमा नुहाउन गएका परीक्षार्थीहरूले पार्कमा तोडफोड गर्न थालेपछि जनकपुर–ढल्केवर सडक खण्ड समेत केही समय अवरुद्ध भएको थियो । प्रहरीले हस्तक्षेप गर्दा स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव कुमार यादवले जानकारी दिएका छन् ।

झडपका क्रममा ढुङ्गामुढा लागेर पाँच जना प्रहरी घाइते भएका छन् । घटनामा संलग्नको पहिचानका लागि सिसिटिभी फुटेजको अध्ययन भइरहेको छ । पक्राउ परेका १० जना विद्यार्थीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा विद्यार्थीहरूले सडकमा गुडिरहेका दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन् । पार्कमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार, पार्कले नियमिततर्फ प्रतिव्यक्ति ९०० रुपैयाँ लिने गरे पनि सनिवार प्रचारप्रसारको उद्देश्यले कृष्ण फाउन्डेसनको सहकार्यमा कक्षा १२ का परीक्षार्थीहरूलाई जनही १०० रुपैयाँ शुल्कमा प्रवेश दिइएको थियो । तर,  १,५०० देखि २,००० जनासम्म विद्यार्थीहरू पुगेपछि पार्कको क्षमता नाघेको र व्यवस्थापन गर्न नसकिँदा स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट