Techie IT
२०८३ श्रावण १५, शुक्रबार

लागुऔषध खैरो हेरोइनसहित चार पक्राउ


प्रहरीले झापाको दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट आज पक्राउ गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुुसार पक्राउ पर्नेमा दमक–९ अजय राई, रोहित गौतम, राजु सुनुवार र भगवान किन्डो उराव रहेका छन् ।

भगवान किन्डो उरावको घरमा मानिसहरु भेला भई लागु औषध खरिद बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले अजय राईको साथबाट ४.८८ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको प्रनाउ खड्काले बताए । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट