Techie IT
२०८३ जेष्ठ १०, आइतबार

तीनकुने घटनाः दुर्गा प्रसाईंका दुई बडिगार्डसहित ३४ जनाविरुद्ध मुद्दा नचल्ने निर्णय


काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड दीपक खड्का र रामकुमार धिमालसहित ३४ जनाविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ ।

तीनकुनेमा १५ चैतमा भएको प्रदर्शनमा संलग्न भएको अभियोगमा उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी मुद्दा चलाउने सिफारिस गरेको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि वस्तुनिष्ठ आधार र प्रमाण नपाइएको भन्दै अभियोजन नगर्ने निर्णय गरेको हो ।

सरकारी वकिलको निर्णयसँगै खड्का, धिमाललगायत ३४ जना आइतबार साँझ हिरासतबाट रिहा भएका छन् ।

उक्त प्रदर्शनमा संलग्न भन्दै पक्राउ परेका अन्य व्यक्तिहरूविरुद्ध भने काठमाडौंमा अहिले मुद्दा दर्ता भइसकेको छ र प्रतिवादीहरूको बयान प्रक्रिया चलिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट