Techie IT
२०८२ असार ३०, सोमबार

इन्डोनेसियामा ३ भारतीय ड्रग्स कारोबारीलाई मृत्युदण्डको सजायँ


इन्डोनेसियाको उच्च अदालतले लागुऔषध तस्करीको आरोपमा तीन भारतीय नागरिकलाई मृत्युदण्डको सजायँ सुनाएको छ । 

यसरी मृत्यु दण्डको भागी हुने भारतीय नागरिकहरूमा  राजु मुथुकुमारन, सेल्वादुराई दिनाकरण र गोविन्दसामी विमलकन्दन रहेका छन । यो निर्णय गत २० जुन २०२५ मा दिइएको थियो, त्यसपछि भारतीय पक्षले यस विषयमा आपत्ति जनाउँदै सजायँ रोक्नका लागि पहल गरिरहेको छ । 

इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले एक आधिकारिक विज्ञप्तिमा भनेका छन, ‘हामी इन्डोनेसियाको न्याय प्रणालीमा विश्वस्त छौं, तर यस मामलामा प्रमाणहरू पूर्ण रूपमा अनुसन्धान गरिएको छैन, मृत्युदण्ड ‘रेरेस्ट’ मुद्दामा मात्रै दिनुपर्छ।’

इन्डोनेसियाको रियाउ टापु नजिकै १४ जुलाई २०२४ मा तीन जना भारतीयहरूलाई पक्राउ गरिएको थियो। तान्जुङ बलाई करीमुन जिल्ला अदालतले यसअघि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो, जसलाई अहिले उच्च अदालतले पनि सदर गरेको हो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट