उ घुस दिन्थ्यो !
तिमी ।
उ घुस दिन्थ्यो।
तिमी घुस खान्थ्यौ।
मैले खबरदारी गरें
र दुश्मन बनें।
तिमी गरिबको रक्सी पोख्थ्यौ
धनीको रक्सीको सुरक्षा गर्थ्यौ
मैले यो अन्याय भो भनें
र तिम्रो विरोधी भएं।
तिमीले सामाजिक न्याय स्थापित गर्ने,
सामाजिक सुरक्षा भत्तामा अन्याय गर्यौ
मैले त्यसो हुन्न भनें
तिमिले मलाई पनि तारो बनायौ।
तिमीले वास्तविक गरिबको फुसको छानो देखिनौ,
भरौटे , चम्चे र आसेपासेको पछि लाग्यौ
मैले खरो विरोध गरें
अनि तिमी म सङ्गं चिढियौ।
गाउँमा वेथिती र अन्यायले सिमा नाघ्यो
मैले यो हटाउनु पर्छ भने
तिमिले मेरा भोटर नचलाउ भन्यौ
यहीँबाट बाटो दुई भयो।
तिम्रो शासनको अड्डामा
तिमी पक्षपाती भयौ
मैले तिमी गलत भने,
र त म फरक भएं।
चुनावमा राजनीति मेरो निस्वार्थ सेवा भन्यौ
तर फरक गर्यौ,
मैले चिन्ने अवसर पाएं
रत बाटै फरक भए।
राष्ट्रिय संकट आयो
तिमिले अन्तिम साध्य चुनाव भन्यौ
मैले प्रणाली दोष भने
हाम्रो यहिं मतान्तान्तर भयो।
मुसिकाेट खलंगा बाट




तपाईको प्रतिक्रिया दिनुहोस