दुर्गाथली गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन लोकतन्त्र दिवसमा उद्घाटन गरिने
बझाङको दुर्गाथली गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन भोलि लोकतन्त्र दिवसको अवसरमा उद्घाटन गरिने भएको छ ।
गाउँपालिकाले भोलि भब्य उद्घाटन कार्यक्रम गर्ने बताएको छ । कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरु, सम्पुर्ण पार्टी प्रतिनिधिहरु, विभिन्न संघ सगठनका प्रतिनिधिहरु लगायत समाजसेवी र नागरिक समाजका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वंय सेविकाहरु, पालिकाका विद्यालयहरुका प्रधान्याध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, विभिन्न क्लवका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत लाई निमन्त्रणा गरिएको छ ।
बझाङ जिल्ला मै उत्कृष्ठ बनेको प्रशासकिय भवनको आगनको भित्ताहरुमा पृथ्विनारायण शाह, जयपृथ्वि बहादुर सिंह, पालिकाका राष्ट्रिय स्तरका खेलाडीहरु, जनयुद्धका शहिदहरु, जेनजी आन्दोलनका शहिदहरुको तस्विर पेन्टिङ गरिएको छ भने पालिका भित्रका विभिन्न लोक ससंकृती झल्किने दृश्यहरु देखाइएको छ ।
नवनिर्मित भवनको उद्धघाटन पालिका अध्यक्ष दिल बहादुर थापाले गर्ने गरि कार्यक्रम तय गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस