Techie IT
२०८३ भाद्र ८, सोमबार

किन पक्राउ पर्दैछन् मेयर सिंह ?


वीरगञ्ज। झुटो विवरणका आधारमा सरकारी कागजात बनाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत पर्साले मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

अर्काकी छोरीलाई आफ्नै वास्तविक सन्तान कायम गरी जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजातहरू कीर्ते र जालसाजी गरेर बनाएको गम्भीर अभियोग उनीहरूमाथि छ। सोही कसुरमा अनुसन्धान अघि बढाउन अदालतले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ अनुमति दिएको हो।

यसअघि उनीहरूविरुद्ध गत जेठ १ गते अदालतमा चार वटा छुट्टाछुट्टै मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढेको थियो। अदालतको यो आदेशसँगै प्रहरीले मेयर सिंहसहितका आरोपितहरूलाई जुनसुकै बेला नियन्त्रणमा लिन सक्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट