Techie IT
२०८२ जेष्ठ ३०, शुक्रबार

मेलौलीमा कोल्डस्टोर निर्माण हुदैं, वडा अध्यक्षले गरे २ रोपनी जग्गा दान


बैतडी । मेलौली नगरपालिका–७ का वडा अध्यक्ष रामचन्द्र भट्टले नगर क्षेत्रमा कोल्डस्टोर निर्माणका लागि करिब २ रोपनी जग्गा दान गरेका छन् । कृषि उत्पादन संरक्षण र बजारिकरणमा योगदान पुर्‍याउने उद्देश्यले निर्माण भइरहेको उक्त कोल्डस्टोर संघीय सरकारको अनुदानमा निर्माणाधीन छ ।

वडा अध्यक्ष भट्टका अनुसार संघीय सरकारको उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत रू. ३५ लाखको लागतमा ठेक्का प्रक्रिया मार्फत निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

"यो कोल्डस्टोरले मेलौली नगरपालिका मात्र होइन, आसपासका पालिकाका कृषकहरूका लागि पनि उत्पादन सुरक्षित गर्न सहयोग पुर्‍याउने छ," अध्यक्ष भट्टले बताए । "बेमौसमी बजारमा राम्रो मूल्यमा बिक्री गर्न सकिने भएकाले कृषकहरूको आम्दानीमा समेत वृद्धि हुने उनको विश्वास छ ।"

कोल्डस्टोर निर्माणले जिल्लाभरिका कृषकहरूलाई राहत पुग्ने विश्वास गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट