Techie IT
२०८२ पौष ७, सोमबार

रौतहटको गौरमा सुटकेशभित्र महिलाको शव फेला


सांकेतिक

रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सुटकेशभित्र एक महिलाको शव फेला परेको छ।

शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा बेवारिसे सुटकेश फेला परेपछि प्रहरी टोलीले आइतबार बिहान खोल्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

शवलाई सुटकेसभित्र कोचेर राखिएको अवस्थामा भेटिएको र महिलाको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मुचुल्का तयार गरी शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको छ।

घटनास्थल नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेजसमेत प्रहरीले जाँच गरिरहेको छ। “घटनाको सम्पूर्ण विवरण बुझ्न अनुसन्धान तीव्र बनाइएको छ,” डिएसपी कार्कीले बताए।

यसै साताभरि मात्र रौतहटमा तीन शव भेटिएका छन्। केही दिनअघि नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत भेटिएका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो। आज सुटकेशभित्र अज्ञात महिलाको शव भेटिएपछि जिल्लामा त्रास बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट