Techie IT
२०८२ भाद्र २३, सोमबार

वीरगञ्जमा युवतीमाथि गोली प्रहार, भारतको युवक पक्राउ


वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक नजिक सोमबार एक युवतीमाथि गोली प्रहार भएको छ ।

गोली लाग्ने युवती भारत घर भएकी करिब १८ वर्षीया निशा कुमारी रहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन् । उनको गालामा गोली लागेको र अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि भाग्दै गरेका भारतको झारखण्ड घर भएका २६ वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा गोली चलाइएको देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट