Techie IT
२०८२ भाद्र २३, सोमबार

जेनजी आन्दोलन : इटहरीमा प्रहरीको गोली लागेर २ को मृत्यु


सांकेतिक

इटहरी । सुनसरीको इटहरीमा सोमबार जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरी प्रहरीका अनुसार इटहरीमा आन्दोलनका क्रममा घाइते भएका ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । डिएसपी योगराज खतिवडाका अनुसार बाँकी चार घाइतेमध्ये एकको अवस्था गम्भीर छ र विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरी घेरा तोड्दै भित्र पसेका प्रदर्शनकारीले कार्यालयमा आगो लगाएका थिए ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार उत्तरतर्फ हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास भित्र, दक्षिणतर्फ अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलंकी मोडदेखि जनता बस्तीभित्रसम्म कर्फ्यू लागू गरिएको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट