Techie IT
२०८२ भाद्र ३०, सोमबार

विराटनगर भाटभटेनीमा एक जनाको शव फेला


विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ। सोमबार दिउँसो दोस्रो तल्लामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालै देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सुपरमार्केटमा आगजनी गरेका थिए। सोही क्रममा लुटपाट गर्न भित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा मुचुल्का तयार गरिएको र शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जानकारी दिइन्। उनले भनिन्, “शव पूर्ण रूपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ। घटनाको थप अनुसन्धान जारी छ।”

प्रहरीका अनुसार प्रदर्शनकारीले एटीएम तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गर्दा सुपरमार्केट पूर्णरूपमा नष्ट भएको थियो। यसैबीच, आगजनीमा अन्य व्यक्तिहरू पनि हराइरहेको हुनसक्ने आशङ्कामा खोजी कार्य जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट