Techie IT
२०८२ असोज ८, बुधबार

मधेस सरकारबाट बाहिरियो कांग्रेस


मधेस प्रदेशको कांग्रेसले मुख्यमन्त्री सतिस सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार, बैठकमा सांसदहरूले सरकारमा नबस्ने सुझाव दिएका थिए। उनले भने, “जनमत पार्टीले आफ्नो सरकारबाट बाहिरिएपछि हामीले पनि बस्न उचित नभएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हौँ।”

यादवले थपे, “अब औपचारिक रूपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ। आफ्ना मन्त्रीहरूलाई पनि आजै फिर्ता बोलाउने तयारी भइरहेको छ।”

मुख्यमन्त्री सिंह नेतृत्वको सरकारबाट कांग्रेस करिब १६ महिनापछि बाहिरिएको हो। यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो। २८ भदौमा जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको घोषणा गरेको थियो।

चार दलीय गठबन्धनको सरकारमा अब कांग्रेस र जनमत पार्टीले समर्थन फिर्ता लिएको कारण, मुख्यमन्त्री सिंहको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट