मधेशका मुख्यमन्त्री सिंहले सदनबाटै देिए राजीनामा

जनकपुरधाम – मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज सदनमा आफ्नो राजीनामा घोषणा गरेका छन्।
विश्वासको मत लिन आज डाकिएको सांसद बैठकमा मन्तव्य राख्दै सिंहले अन्ततः पदबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन्।
सिंहले राजीनामाअघि सरकारमा हुँदा जनमत पार्टीले देखाएको असहयोग र राजीनामा प्रकरणबारे कडा संकेत गरेका छन्। उनले पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलका नेताले गरेको एकल निर्णयप्रति पनि आलोचना गरेका छन्।
बजेट बनाउने क्रममा ५ लाखसम्मको प्रस्ताव राख्दा पनि पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत बजेट राख्नेलाई प्रोत्साहन गरिएको सिंहले आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस