Techie IT
२०८३ जेष्ठ १७, आइतबार

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार (सोनल) नियुक्त


मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त जितेन्द्रप्रसाद सोनार । फाइल तस्बिर

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनार (सोनल) नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८(२) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

सोनालले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहित दाबी पेस गरेका थिए। यससँगै मधेस प्रदेशमा जसपा नेपाल, लोसपा, नेकपा (एस), नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गठबन्धनको सरकार बनेको छ।

नियुक्ति पत्र बुझ्दै मुख्यमन्त्री सोनलले जेन–जी आन्दोलनपछि शून्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न काम गर्ने बताए। उनले पाँचै दल मिलाएर साना–ठूला सन्तुलित मन्त्रिपरिषद विस्तार गर्ने योजना पनि बताएका छन्।

यसअघि सतिश कुमार सिंह मधेस प्रदेशका मुख्यमन्त्री थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट